ललितपुर। नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टर र नेपाल क्यान्सर सर्पोट ग्रुपद्वारा आयोजित ३४ औ 'सुदिप्त क्यान्सर सर्भाइवर मिट'मा प्रोस्टेट क्यान्सरको बारेमा जनचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ् ।
उक्त कार्यक्रममा क्यान्सर विजेताहरूले क्यान्सरको अनुभवहरू साटेका थिए।

उक्त कार्यक्रममा अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले क्यान्सर बारे अझै जनचेतनाको कमी भएकाले सबैले आ-आफ्नो क्षेत्रबाट यस विषयमा चर्चा गरिरहनु पर्ने बताए।

त्यसैगरी मेडिकल डाईरेक्टर डा. विजेश राज धिमिरे नेपाल क्यान्सर हस्पिटलमा युरोलोजी युनिटको प्रमुख तथा सिनियर कन्सल्टेन्ट डा. रबिन जोशीले ४० देखी ४५ वर्ष उमेरका पुरुषहरुले समयमा नै क्यान्सरको स्क्रीनिङ गर्नुपर्ने कुरामा जोड दिए।
कार्यक्रम संयोजक अस्पतालको निर्देशक स्वरुपा श्रेष्ठ सिनियर कन्सल्टेन्ट डा. गिसुप निख प्रसिकोले आफ्ना भनाइहरूबाट बिरामीको हौसला बढाएका थिए।
सेप्टेम्बर महिना प्रोस्टेट क्यान्सरको सचेतना महिना हो यस महिना विश्वभर विभिन्न जनचेतना तथा अन्तरक्रिया कार्यक्रम गरिन्छ।
