काठमाडौँ । नेकपा एमाले निकट चिकित्सकहरुको संगठन राष्ट्रिय चिकित्सक संघ, नेपालमा नयाँ कार्यसमिति चयन भएको छ। संघको केन्द्रिय अध्यक्षमा प्राडा जागेश्वर गौतम निर्वाचित भएका छन्।
संघको दोस्रो राष्ट्रिय अधिवेशनले डा गौतमको अध्यक्षतामा ५१ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
सम्मेलनले उपाध्यक्षमा डा. रणजितकुमार झा, डा. नवीन पोखरेल र डा. रक्षा श्रेष्ठलाई चयन गरेको छ। यसैगरी सङ्घको महासचिवमा डा. पुष्पमणि खराल, कोषाध्यक्षमा डा. सुनिल गजुरेल, सचिवमा डा. मिलन गैरे, डा. छवि पन्थी र डा. क्रिष्टिना श्रेष्ठ रहेका छन्।