काठमाडौं । कैलालीको धनगढीबाट २० औँ पटक सत्याग्रह सुरु गरेका प्रा.डा. गोविन्द केसीसँग आज सरकारले वार्ता गर्दै छ । यसअघिका सहमति कार्यान्वयनसहितका सात बुँदे माग राखेर डा.केसीले गत सोमवारदेखि अनसन सुरु गरेका हुन्।
डा.केसीसँग वार्ताका लागि सरकारले शुक्रबार नै वार्ताका लागि टोली गठन गरेको थियो । शनिबार वार्ताका लागि समय तोकिएको भए पनि शिक्षा सचिव सहभागी नहुने भए पनि आजका लागि वार्ताको समय तोकिएको डा.केसीका सहयोगी डा.अमृत जैसीले बताए ।
डा. जैसीले सरकार र अनसनरत डा.केसी पक्षबीच आइतबार बिहान वार्ताका लागि समय तोकिएको बताए । वार्ता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबारमा बस्नेछ । सातौँ दिनसम्मको अनसनका कारण डा.केसीको स्वास्थ्य अवस्था भने बिग्रिन थालेको छ ।