ललितपुर । ललितपुर महानगरले पाटन अस्पतालमा भर्ना भएर डेंगीको उपचार गराइरहेका बिरामीका लागि झुल वितरण गरेको छ ।
महानगरका सामाजिक विकास समितिका संयोजक राजु महर्जनले आइतबार अस्पतालमा आयोजित एक कार्यक्रममा अस्पतालका निर्देशक प्राध्यापक डाक्टर रवि शाक्यलाई १५० थान झुल हस्तान्तरण गरेका हुन्।
समितिका संयोजक राजु महर्जनले अन्य बिरामीलाई जोगाउन महानगरले डेंगी संक्रमितलाई झुल दिएको जानकारी दिए । अस्पतालका निर्देशक रवि शाक्यले कोभिडलाई नै ओझेलमा पर्ने गरी डेंगीको प्रकोप फैलिएको बताउँदै महानगरले दिएको झुलको सन्देश सकारात्मक भएको उल्लेख गरे ।
केही दिनयता अस्पतालमा उपचार गर्न आउनेमध्ये डेंगुका १५० जना नयाँ संक्रमित थपिने गरेको अस्पतालले जनाएको छ ।