काठमाडौं । धनगढीमा अनशनरत प्राध्यापक डा.गोविन्द केसी र सरकारी प्रतिनिधिबीच आज पनि वार्ता हुँदैंछ । आइतबार भएको वार्ताको प्रयास असफल भएपछि पुन : आज वार्ता हुन लागेको हो ।
हिजो भएको वार्ताको प्रयास असफल भएपछि पुन वार्ता हुन लागेको डा. केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए।सरकारले केसीसँग संवाद गर्न शुक्रबार वार्ता टोली गठन गरेको थियो ।
सरकारले कार्यालयका सचिव रामप्रसाद रिजालको संयोजकत्वमा वार्ता टोली गठन गरेको जनाएको छ ।