एजेन्सी । अमेरिकामा २४ हजार जनामा मंकीपक्स सङ्क्रमण देखिएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोक थाम केन्द्रले क्यालिफोर्निया, न्युयोर्क र फ्लोरिडामा उक्त रोगका बिरामी बढेका बताएको छ।
केन्द्रका अनुसार क्यालिफोर्नियामा सबैभन्दा धेरै ४ हजार ६ सय ५६, न्युयोर्कमा ३ हजार ७ सय ५५ र फ्लोरिडामा २ हजार ३ सय ९८ जनामा मंकीपक्स पुष्टि भएको छ । मंकीपक्स सङ्क्रमण घातक नभए पनि धेरै बिरामीले दुईदेखि चार साताभित्र स्वास्थ्य लाभ गर्छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार मंकीपक्सबाट हुने मृत्यु दर तीनदेखि छ प्रतिशतसम्म छ ।अमेरिकाका स्वास्थ्य अधिकारीहरूले उक्त रोगको उपाचारका निम्ति उपलब्ध एकमात्र औषधिको अधिक प्रयोग नगर्न सुझाएका छन् । सिन्ह्वा