काठमाडौं । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा अनशनरत डा. गोविन्द केसीले काठमाडौं आउन अस्वीकार गरेका छन् ।
सेती अस्पतालले उनको अवस्था जटिल भएको भन्दै विशिष्टीकृत अस्पतालमा लैजान सुझाव दिएपछि हेलिकप्टरमा काठमाडौं ल्याउने तयारी गरिएको छ । उनलाई नेपाली सेनाको स्काई ट्रक हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी गरिएको हो ।
उनलाई मनाएर काठमाडौं ल्याउन हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । स्वास्थ्य क्षेत्रको सुधारका लागि भन्दै ९ दिनदेखि विभिन्न सात बुँदे माग राखेर उनी अनशनमा छन् ।