काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चिकित्सकको प्रयासले कोरोना महामारी नियन्त्रणमा आएको बताएका छन् । मंगलबार नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
चिकित्सकहरुले सबैभन्दा बढी महामारीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको छ। आफ्नो ज्यानलाई जोखिममा राखेर काम गरेको छ। हाल कोभिड महामारी पूर्ण रुपमा नियन्त्रण नहुँदै डेंगु रोगबाट पीडित भएका छौं। ’उनले भने ।

प्रधानमन्त्री देउवाले विगत केही समययता कोभिड १९ र डेंगु रोगबाट धेरै नेपाली नागरिकहरु पीडित भइ कतिले जीवन गुमाउनु परेको भन्दै दुस्ख व्यक्त गरे। एकपछि अर्को महामारीको सामना गर्नुपर्दा समग्र जनजीविका, सामाजिक र आर्थिक रुपमा बढी प्रभावित हुनु परेको देउवाको भनाइ छ।