काठमाडौं । नेपाल चिकित्सक संघको दुई दिने दोस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन आज पनि जारी रहने छ । सम्मेलनको पहिलो दिन मंगलबार तीनवटा विषयमा छलफल भएको थियो भने दोस्रो दिन बुधबार चार वटा विषयमा छलफल हुनेछ।
आज बुधबार, महामारीपछि स्वास्थ्य क्षेत्रका चुनौती र अवसरहरुु, खोप, औषधि र उपकरणहरुको उचित भण्डारण, ढुवानी र वितरण, नेपालमा स्वास्थ्य पर्यटनको संभावना र चिकित्सा शिक्षामा असर र अवसर विषयमा छलफल हुनेछ।