काठमाडौं । नेपाल चिकित्सक संघको दुई दिने दोस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन मंगलबारबाट सुरु भएको छ ।
सम्मेलनमा विभिन्न अस्पतालले प्रचारका लागि विभिन्न सामाग्री राखेका छन् । नेपाल क्यान्सर अस्पतालले पनि उक्त दुई दिने सम्मेलनमा आफ्नो स्टल राखेको छ ।

सम्मेलनमा आउने चिकित्सकहरुलाई नेपाल क्यान्सर अस्पताल तथा त्यहाँ सेवाबारेको जानकारी दिन तथा व्यापक जनसम्पर्क निर्माणका लागि उक्त स्टल राखिएको अस्पताललले जनाएको छ । हालसम्म १०० जना भन्दा बढीले नेपाल क्यान्सर अस्पतालको उक्त स्टल अवलोकन गरिसकेका छन् ।
अंकोलोजिष्ट डा.गिसुपनिखा प्रशिको पेनलिष्टका रुपमा रहेका छन् ।



