काठमाडौं । आत्महत्या रोकथामका लागि प्रहरीले सूचनामुलक प्रचार सामाग्री वितरण सुरु गरेको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले आत्महत्या रोकथाम तथा न्युनिकरणका लागि पर्चा पम्प्लेट वितरण सुरु गरेको हो ।
प्रहरीले माईकिङ पनि गरिररहेको छ ।असोज २ गते देखी १ नम्बर प्रदेशका १४ वटै जिल्लाहरुमा आत्महत्या रोकथाम तथा न्युनिकरण सम्बन्धी सचेतना अभियान सुरु भएको थियो । प्रदेश प्रहरी कार्यालय विराटनगरले तराईका जिल्लाहरुमा चेतना मुलक माईकिङ तथा पर्चा पम्प्लेटहरु बितरण गर्ने कार्यको थालनी गरेको हो ।
पहिलो चरणमा झापा मोरङ र सुनसरी जिल्लाका ग्रामिण इलाकामा चेतना मुलक माईकिङ तथा पर्चा पम्प्लेटहरु बितरण गरेको हो ।