काठमाडौं । वीर अस्पताल आगाडि मापदण्ड विपरित सञ्चालनमा आएका फार्मेसी हटाउनका लागि व्यवसायीहरुले सात दिनको समय माग गरेका छन् ।
महानगरले आज बिहीबार दिउसो १ बजेसम्म पसल खाली गर्न माइकिङ गरेपछि व्यवसायीहरुले भ्याक्सिन तथा अन्य संवेदनशील औषधि सार्न समय लाग्ने भन्दै कम्तीमा सात दिनको समय दिन माग गरेका हुन्।