काठमाडौं । देशका ७७ मध्ये ७५ जिल्लामा डेंगीका संक्रमित फेला परेका छन् ।
२०७९ साउनदेखि हालसम्म देशभर डेंगी संक्रमितको संख्या १७ हजार ५९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । हालसम्म डेंगीको कारण २१ जनाको मृत्यु भएको छ।
सबैभन्दा बडी डेंगीका संक्रमित वाग्मती प्रदेशमा भेटिएका हुन् । वाग्मतीमा हालसम्म १२ हजार ९४७ जनामा डेंगीको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै प्रदेश १ मा ५६०, मधेस प्रदेशमा २६१, गण्डकीमा ४०९, लुम्बिनीमा २ हजार ६४३, कर्णालीमा २०७ र सुदूरपश्चिम प्रदेशमा ५६७ जनामा डेंगी देखिएको छ ।