हुुम्ला । पशुुपालनका लागि आमासँग लगिएका बालबालिकालाई स्वास्थ्यकर्मीद्वारा खर्कमै पुुगेर खोप लगाउने कार्य गरिएको छ । नियमित रुपमा लगाउनुुपर्ने खोपबाट बालबालिका छुट्ने भएपछि स्वास्थ्यकर्मीहरु खर्कमै पुुगेर खोप लगाउने कार्य गरेका छन ।
चुवाखोला क्षेत्रमा पाशुपालनका लागि खर्कमा बस्दै आउनुुभएकी सिमकोट गाउँपालिका–१ की छिरिङबुटी लामाले आफ्नो आठ महिनाको छोराको खोप लगाउने कार्य भएको बताए। तीन महिनादेखि उनी छोरा सहित खर्कमा बस्दै आएका थियो । उनले आफुू जस्तै पाँच वर्ष मुनीका आमाहरुको माग अनुुसार आधारभूत स्वास्थ्य सेवा केन्द्र दोजामबाट स्वास्थ्यकर्मी आएर सबै किसिमको खोप लगाउने कार्य भएको बताए । स्वास्थ्यकर्मी आएर खोप लगाएपछि खर्कमा आमासँग रहँदै आएका बालबालिकाले खोप लगाउन पाएका हुन ।
केन्द्रका इन्चार्ज रत्न बोहराले खोप लगाउने उमेर समूहका बालबालिका सबै आमासँग खर्कमा लगिएको कारण आफूसहितको स्वास्थ्यकर्मीको टोली खर्कमा पुुगेर खोप लगाउने कार्य भएको बताए ।उनले खोपबाट पाँच वर्षमुनिका बालबालिका नछुुटोस् भन्नका लागि एक हिँडेर खर्कमा पुुगी खोप लगाउने कार्य गरिएको बताए । अनिवार्य रुपमा लगाउनुुपर्ने खोपबाट बालबालिकाहरु छुट्ने भएप नि खर्कमै जानुुपरेको बताउँदै आमालाई बोलाउँदा पशुु हेर्न समस्या हुने देखिएपछि आफूहरु उतै गएको बताए छन ।
उनले खोप लगाउने उमेरका १७ जना बालबालिकालाई खोप लगाउने कार्य भएको बताए । खोप लगाउने कार्य वडा नम्बर १ र २ का बालबालिकालाई भएको छ । उक्त स्वास्थ्य केन्द्रले तीन वर्षयता लगातार खर्कमै पुुगेर बालबालिकालाई खोप लगाउने कार्य गर्दै आएको छ । यसैबीच खोप लगाउन खर्क पुुगेको स्वास्थ्यकर्मीको टोलीले बिरामी खर्कालाको पनि उपचार गरेको छ । इन्चार्ज बोहराले रुघाखोकी, बाथ, दम, ज्वरो, टाउको दुःख्ने, निमोनियाका एक सय पचासभन्दा बढी बिरामीको पनि उपचार गर्ने कार्य भएको बताउनुुभयो । स्वास्थ्यकर्मी खर्कमा आएर उपचार गरेपछि बिरामीलाई सहज भएको थियो । गत जेठ महिनादेखि खर्कालाहरु उच्च पाटनका खर्कमा पशुुपालन गर्दै आएका छन ।