धनगढी । धनगढीको हसनपुरमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले नियमित रुपमा चिरफार बिना नै पाठेघरको अप्रेसन गरिरहेको छ ।
अस्पतालले ल्याप्रोस्कोपी प्रविधिको मद्दतबाट पाठेघर निकाल्ने शल्यक्रिया प्रविधि प्रयोग गरी चिरफार बिना नै पाठेघरको अप्रेसन थालेको हो ।
पछिल्लो केही समययता पाठेघरका बिरामी यो विधिबाट उपचार गर्न आकर्षित भइरहेका छन् । चिरफार नगरी पाठेघरको अप्रेसन गर्दा बिरामीलाई कम पीडा महसुस हुने, अप्रेसन गरेको पर्सि पल्टै घर पठाउन सकिने, संक्रमणको सम्भावना कम हुने र बिरामी छिट्टै आफ्नो नियमित काममा फर्किन सक्ने निसर्ग हस्पिटलकी स्त्री तथा प्रशुती रोग विशेषज्ञ डाक्टर नजमुस्वबा अन्सारी बताउछिन ।
निसर्ग हस्पिटलकी स्त्रीतथा प्रसुतीरोग विशेषज्ञ डा.नजमुस्वबा अन्सारी,स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. सुरेन्द्र भट्ट, ऐनेस्थेसियोलोजिस्ट डा. हेमन्त ओझा लगायतको टिमबाट चिरफारबिना नै पाठेघरको अप्रेसन सेवा दिईरहेको हस्पिटलले जनाएको छ ।