काठमाडौं । नेपाल क्यान्सर हस्पिटलको फार्मेसी विभागले फार्मेसी दिवसको उपलक्ष्यमा विशेष कार्यक्रमको आयोजना गरेको छ। उक्त कार्यक्रममा प्रमुख अतिथीका रुपमा अस्पतालका कार्यकारी अध्यक्ष डा . सुदीप श्रेष्ठ रहेका थिए । श्रेष्ठले फार्मेसी सम्पूर्ण चिकित्सा क्षेत्रको हतियार भएकोले सम्पूर्ण उपचार प्रणालीमा फार्मेसीको महत्वपूर्ण योगदान रहने बताए।

त्यस्तै हस्पिटलका मेडिकल डाइरेक्टर डा बिजेश राज घिमिरेले हस्पिटलले ठूलो मात्रामा संबेदनशील औषधीको बिक्री वितरण गर्दै आएको बास्तबिकता ब्यक्त गरे । उनले कोभिड १९ को विषम परिस्थिती होस् वा सामान्य अवस्था , फार्मेसी स्टाफहरुले कत्ति पनि बिचलीत नभई हस्पिटलमा सेवा गरेको बताए । त्यसैगरी हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा बच्चु कैलाश कैनीले फार्मेशी सेवा चिकित्सा सेवाको अभिन्न अंग रहेको बताउदै हस्पिटलका सबै फार्मेशी स्टाफहरुको लगनशीलता र कर्तब्य निष्ठाको खुलेर प्रशंशा गरेका थिए ।

नेपाल क्यान्सर हस्पिटल का फार्मेसी विभाग प्रमुख पंकज बैद्य र क्लिनिकल फार्मेशिष्ट पुष्कर कुवर ले स्लाइड प्रस्तुत गर्दै आफ्नो भनाइ राखेका थिए ।



