गोरखा । गोरखाको सहिदलखन गाउँपालिका दुई विद्यालयमा पुन प्रयोग गरिने स्यानिटरी प्याड प्याड बनाउने तालिम दिइएको छ ।
एक्सपोज नेपालको आयोजना र मा गोरखाको बक्राङस्थित बक्रेश्वर मावि र नाम्जुङको जनशक्ति उच्च माविमा उक्त तालिम दिइएको हो । टुगेदर नेपालको सहयोगमा एक्सपोज नेपालले पुनः प्रयोग गर्न मिल्ने कपडाको प्याड बनाउन सिकाएको हो ।
किशोरीहरुलाई दिइएको तालिममा बक्रेश्वर माविमा ३० जना र जनशक्ति उमाविमा ७० जना विद्यार्थीले सहभागिता जनाएको प्रशिक्षक सिर्जना कपालीले बताइन् । तालिममा कक्षा ७ देखि १२ सम्मका विद्यार्थी संलग्न रहेको प्रशिक्षक मिना महर्जनले बताइन् ।
बक्रेश्वर माविमा उक्त तालिम असोज ४ देखि ६ गतेसम्म सञ्चालन भएको थियो । भने जनशक्ति उमावि ७ देखि ९ गतेसम्म तालिम दिइएको महर्जनले बताइन् ।