काठमाडौं । मोटापनका कारण मानिसमा सेक्स गर्ने रुची कम हुँदै गएको एक अध्ययनले देखाएको छ ।
महिलाका अनुसार मोटापनका कारण मान्छेमा सेक्सप्रतिको उत्साह कम हुने गरेको छ । भारतको राजधानी नियाँ दिल्लीको एनसीआरका ८ सय मानिसमा गरिएको एक अध्ययनमा मोटोपनका कारण सेक्समा मानिसको रुची कम भएको पाइएको छ ।
अध्ययनमा ७६ प्रतिशत पुरुषका अनुसार सेक्सप्रति रुचि कम हुुनुको कारण व्यायामको कमी हो । त्यस्तै ६५ प्रतिशत पुरुषका अनुसार खानपानको बानीले गर्दा उनमा सेक्सप्रति इच्छा कम भएको छ । म्याक्स अस्पतालका इन्डोक्रोनोलोजी डिपार्टमेन्टका निर्देशक डाक्टर सुजीत झाको नेतृत्वमा यो अध्ययन गरिएको हो । अध्ययनमा २४ देखि ४५ वर्ष उमेर समूहका पुरुष र महिलालाई सहभागि गराइएको थियो ।