क्लामाइडिया Chlamydia) एक यौनमार्गबाट सर्ने संक्रमण (STI) हो, जुन क्लामाइडिया ट्राकोमाटिस (Chlamydia trachomatis) नामक ब्याक्टेरियाले फैलाउँछ। पुरुषहरूमा मूत्राशयको सुजन गराउने ब्याक्टेरियाहरूमा क्लामाइडिया ट्रेकोमाटिस, यूरियाप्लाज्मा यूरियालिटिकम र माइकोप्लाज्मा जेनिटालियम लगायत छन्। क्लामाइडिया यी मध्ये सबैभन्दा सामान्य हो। महिला र पुरुष दुवैमा यसको असर देखिन सक्छ, तर धेरैजसो संक्रमित व्यक्तिमा कुनै लक्षण नै नदेखिन सक्छ।
क्लामाइडिया कसरी सर्छ ?
- असुरक्षित यौन सम्पर्क (यौन, मुखमैथुन, गुदामैथुन)
- संक्रमित व्यक्तिसँग यौन सम्पर्क हुँदा
- कहिलेकाहीं संक्रमित आमाबाट बच्चामा जन्मको समयमा सर्न सक्छ
क्लामाइडियाका लक्षणहरू
धेरैजसो पुरुषमा प्रारम्भिक चरणमा कुनै लक्षण नदेखिन पनि सक्छ। तर संक्रमण बढ्दै जाँदा निम्न लक्षणहरू देखिन सक्छन्स्
- पिसाब गर्दा पोल्ने वा दुख्ने
- लिंगबाट सेतो, पहेंलो वा हरियो किसिमको पातलो तरल बग्ने (discharge)
- लिंगको टुप्पो रातो र सुन्निनु
- अंडकोष (testicles) मा दुखाइ वा सुन्निने
- गुदाबाट संक्रमण भएमा – गुदा दुख्ने, झार आउनु, वा रगत देखिनु
क्लामाइडिया भएको कसरि पता लगाउने
- पिसाब परीक्षण
- लिंगको स्वाब परीक्षण गरिन्छ
- महिलाको योनि वा गर्भाशयबाट स्वाब लिई परीक्षण गरिन्छ
यसको उपचार
- क्लामाइडिया एक ब्याक्टेरियल संक्रमण भएकाले यसलाई एन्टिबायोटिकले ठिक गर्न सकिन्छस् प्रायः ब्शष्तजचयmथअष्ल वा म्यहथअथअष्लिभ जस्ता औषधि प्रयोग गरिन्छ
- उपचारको समयमा यौन सम्पर्क नगर्न सल्लाह दिइन्छ
- साथीलाई पनि परीक्षण र उपचार गर्न आवश्यक हुन्छ ९चभष्लाभअतष्यल रोक्न०
उपचार नगरिएको खण्डमा
उपचार नगरिएमा क्लामाइडिया संक्रमणले :
- अंडकोषको पछाडि सुन्निने रोग (Epididymitis)
- पुरुषमा बाँझोपन (infertility)
- अन्य यौनमार्गी रोगहरूको जोखिम बढाउन सक्छ
- रोकथामका उपाए
- यौन सम्पर्कका बेला कन्डोमको प्रयोग गर्नु
- एकजनासँग सम्बन्ध राख्नु
- समय समयमा स्वास्थ्य परीक्षण गराउनु
यदि तपाईंलाई क्लामाइडियाको शंका लागिरहेको छ भने, तत्काल नजिकको स्वास्थ्य संस्था वा यौन स्वास्थ्य क्लिनिकमा सम्पर्क गर्नु उपयुक्त हुन्छ।