एजेन्सी । मुखमैथुनको आनन्द लिन खोज्ने महिलाका लागि रोग निम्तिने खतरा उच्च रहेको पत्ता लागेको छ। मुखमैथुनको दौरान हुने गतिविधिले महिलाको योनीमा व्याक्टेरियाको संक्रमण हुने प्रवल सम्भावना देखिन सक्ने पीएलओएस जीवविज्ञानको अनुसन्धानले देखाएको हो।
उक्त व्याक्टेरिया देखा परेको महिलामा कुनै प्रकारको लक्षण नदेखिने बुझिएको छ। तर, व्याक्टेरिया भएको महिलाको योनी र्दुगन्धित हुने गर्दछ । मुखमा पाउने ब्याक्टेरिया र महिलाको योनीमा पाउने ब्याक्टेरिया उस्तै भएको अन्वेषणले अनुमान गरेको छ । उक्त ब्याक्टेरिया घातक नरहेपनि यसले सरुवा रोगलाई निम्त्याउन सक्ने साथै मुत्र संक्रमणको अत्याधिक सम्भावना रहेको जनाइएको छ।
गर्भवती महिलालाई बच्चा खस्ने उच्च खोखिम हुन सक्ने जनाइएको छ। महिलामा देखापरेको स्वयम महिलाले अनुभूति गर्न सक्ने छिन्। निरन्तर रुपमा गन्ध भइरहेको अवस्थामा व्याक्टेरिया भएको बुभ्mन सकिनेछ। यसलाई स्वाव परिक्षणले समेत पत्ता लगाउन सकिनेछ । परिक्षणको परिणाम पोजीटिभ देखिएमा एन्टीबायोटिम र अन्य क्रिमको मद्दतले परास्त गर्न सकिन्छ।
अनुसन्धाकर्ताहरुले उक्त व्यनक्टेरिया राम्रो मानेका छन्। जसलाई ल्याक्टोबासिली भनिने गर्छ। व्याक्टेरियाले योनीलाई अम्लीय राख्न मद्दत गर्दछ। योनीको पि.एच भ्यालू समेत यसले कम गरिहरहेको हुन्छ। यो कुन कारणले योनीमा असर गर्छ भन्ने विषय अनुसन्धानको क्रममा रहेको छ।
पीएलओएसले गरेको अनुसन्धानले उक्त व्यक्टेरिया मुखमा समेत देखिने जनाइएको छ। उक्त व्याक्टेरिया मुख मैथुनमा निम्तिने उच्च सम्भावना रहेको अनुसन्धानकर्ता डा.एमन्डा लुविसले जनाएकी छिन्। व्याक्टेरिया रहेको महिलामा अन्य शारीरीक रोग समेत निम्त्याउने छ।