काठमाडौं- एक बर्षसम्म दम्पतिहरु बिच हप्ताको २ देखि ३ पटक सम्म परिवार नियोजनको कुनै पनि साधन प्रयोग नगरी यौन सम्पर्क राख्दा पनि गर्भवती नहुने अवस्थालाई बाझोपना भनिन्छ । महिला वा पुरुष दुबैको कारणले बाझोपनाको समस्या हुनसक्छ । तर अहिले पनि हाम्रो समाजमा बाझोपनाको मुख्य कारण महिलालाई मात्र लिइन्छ । जुन गलत सोचाई हो ।
बाझोपना हुने प्रमुख कारणहरु यसप्रकार रहेका छन् ।
पुरुषमा हुने कारणहरु
शुक्र किटको खराबी
क्लेमाइडिया संक्रमण वा सूजाक भएर प्रजनन् अंगमा संक्रमण भई उपचार नगरेमा
पौष्टिक तत्व र आरामको कमी
गाह्रे काम र धेरै चिन्ता
महिलामा हुने कारणहरु
इन्ड्रोक्राइन डिसअर्डर
अण्ड निश्कासन नभएर
अण्ड बहिनी नलि बन्द भएर
क्लेमाइडिया संक्रमण वा सूजाक भएर प्रजनन् अंगमा संक्रमण भई उपचार नगरेमा
महिलाहरको प्रजनन् अंगमा जन्मजात समस्या भएमा
माथि उल्लेख गरिएका बाझोपना हुनुका कारणहरुलाई हेर्दा सुरक्षित गर्भपतन र बाझोपना बिच कुनै सम्बन्ध देखिदैन । तर असुरक्षित गर्भपतन गरेमा प्रजनन् अंगमा संक्रमण र चोटपटक लाग्ने भएकाले बाझोपना हुने सम्भाबना भएको चिकित्सकहरु बताउछन् ।