एजेन्सी । यौन समस्या महिला र पुरुषको फरक फरक हुने गर्दछ । विशेषगरी पुरुषहरुलाई लिङ्ग उत्तेजना नहुने, यौन इच्छामा कमी, र शीघ्रस्खलन हुने र महिलाहरुलाई यौन इच्छामा कमी र यौन क्रिडा गर्दा दुःखाइ महशुस हुने जस्ता समस्याहरु देखिन्छन् ।
यौनसम्पर्कको बेला लिङ्ग उत्तेजना नहुनुको कारण के होला ?
यौनसम्पर्कको बेलामा लिङ्ग उत्तेजित नभै यौनसम्पर्क राख्न नसकेको अनुभव धेरैजसो पुरुषले जीवनको कुनै न कुनै समय गरेका हुन्छन् । लिङ्ग उत्तेजित नहुनु वा उत्तेजित अवस्थामा आइसकेको लिङ्गलाई सो स्थितिमा राख्न नसक्ने समस्यालाई अंग्रेजीमा Impotence वा erectile dysfunction भनिन्छ । यो समस्या जुन उमेर समुहका पुरुषलाई पनि हुन सक्छ ।
विशेषगरी टेस्टोस्टेरोन हर्मोन कमीले लिङ्ग उत्तेजना नहुने समस्या देखिन्छ । ४० वर्ष कटेका पुरुषहरुमा हर्मोनको कमीले यस्ता समस्या देखिन सक्छन् । त्यस्तै रक्तचाप, कोलेस्टोर र मधुमेहका औषधि सेवन गरिरहेको ब्यक्तिलाई पनि लिङ्ग उत्तेजना नहुने समस्या हुन्छ ।
५० प्रतिशत भन्दा बढी पुरुष मनोवैज्ञानिक समस्याले ग्रस्त भएका हुन्छन् । एकचोटी यौनसम्पर्क लिङ्ग उत्तेजना भएन भने यौनसाथीले के सोच्लान् भन्ने मनमा खुलदुली भइरहन्छ । जसले पछि गएर लिङ्ग उत्तेजना नै नहुने जस्ता जटिल समस्या सिर्जना हुनसक्छ । यसका अलावा मधुमेह, रक्तचाप, कोलेस्टेरोल, मिर्गौला र कलेजोमा समस्या भएका पुरुषहरुलाई लिङ्ग उत्तेजित नहुनुका साथै यौन इच्छा समेत नहुने समस्या देखिन सक्छ ।