काठमाडौं- स्तनपान गराउँदा आमाको शरीरमा स्टोजन हर्मोनको कमीले गर्दा योनी सुख्खा हुने र यौन क्रिडा गर्दा दुख्ने समस्या हुनसक्छ । साथै प्रोल्याक्टिन हर्मोन अर्थात दुध उत्पादन गर्ने हर्मोनको उत्सर्जन, निन्द्राको कमी शरीरको बनावटमा परिर्वतनले गर्दा यौन इच्छामा कमी हुन सक्छ ।
शिशुले ठोस चिज खान थालेसी र स्तनपान कम भएपछि यस्ता समस्या क्रमश हराउन थाल्छ । यदि यो समस्या यथावत नै भइरह्यो भने चिकित्सकसँग परामर्श लिनुपर्छ ।
यसलाई बुझेर सामान्य रुपमा लिएर समझदारीका साथ अघि बढेमा आमा शिशु र समग्र परिवारको भविष्य उज्वल हुन्छ ।