मानिसलाई बाँच्नको लागि गाँस बास र कपासको जति आश्यक्ता पर्दछ । त्यतिनै जीवनलाई रोमान्चित बनाउन होस् या जीवनलाई खुसी साथ चलाउन होस् मानिसलाई यौन सम्पर्क गर्नपर्ने हुन्छ र यौन सम्पर्क राख्नको लागी यौनांगत त हुनै पर्यो तर यौनांग नै नभएर जन्मिएका एक व्यक्तिले एक सय भन्दा बढी महिलाहरु सँग यौन सम्बन्ध बनाइसकेका छन् भन्दा तपाईलाई बिश्वास नलाग्न सक्छ ।
बेलायतको म्यानचेष्टरका एक पुरुषले यस्तो अनुमानलाई गलत सावित गरिदिएका छन् । उनले हालसम्म १ सयभन्दा धेरै महिलासँग सेक्स गरिसकेको दाबी गरेका छन् । एन्ड्रयू वार्डल नामका ती पुरुषका बारेमा एउटा डकुमेन्ट्री नै बनाइउको छ ।
वार्डल जन्मजात रुपमा नामक अनौठो रोगको सिकार थिए । यो समस्या भएका मानिसमा यौनांग शरीर बाहिर विकास भएको हुँदेन । तर यस्तो हुँदाहुँदै पनि उनले धेरै महिलासँग सेक्स गरिसकेका छन् । अहिलेपनि एकजना युवतीसँग उनी डेट गरिरहेको उनी बताउँ छन् ।
उनको यौनांग नभएको कुरा झ्वाट्ट हेर्ने महिलालाई थाहा हुने कुरा भएन । उनी महिलालाई आफुप्रति आकर्षित गर्न माहिर छन् । अनि आकर्षित गरी यौन सम्पर्क पनि राखिहाल्थे । केटीलाई कसरी खुसी पार्ने भन्ने तरिका आफुले जानेको उनी दाबी गर्दछन् । आफ्नो प्रयास कहिल्यै पनि खेर नगएको उनी बताउँछन् ।
उनले भने,‘जब महिलाहरु मसँग नजिकिन्छन्, तब मैले उनीहरुलाई यति प्रेम गर्छु कि मेरो यौनांग नभएको कुरा अनुभुति नै गर्न सक्दैनन् ।’ वार्डलले आफ्नो यौनांग विकास गर्नका लागि धेरैपटक उपचार गराए । तर उनी सफल भने भएका छैनन् ।
एजेन्सी