काठमाडौं । तपाईहरु मध्ये कतिपयलाई खानेकुराले पनि यौन क्षमता बढाउन सहयोग गर्छ भन्ने थाहा नहुन पनि सक्छ । यौन जीवनलाई मजबुत बनाउनमा सहयोगी भूमिका खेल्ने केही खानेकुरालाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ।
१. स्ट्रबेरी
स्ट्रबेरी भिटामिन सी को उत्कृष्ट स्रोत हो, जसले पुरुषहरुमा शुक्राणुको संख्या बढाउँछ । साथै, यसले मुटु र धमनीहरूमा रक्त संचार सहज बनाउँछ । डार्क चकलेटमा डुबाइएको स्ट्रबेरी खाँदा, यसले यौन उत्तेजना पनि बढाउँछ।
२. बदाम
जिंक, सेलेनियम र भिटामिन ईको गुणहरूले भरीपूर्ण बदामले सेक्स बूस्टरको रूपमा कार्य गर्दछ। यस्मा भएको सेलेनियमले बांझोपनको समस्यालाई टाढा राख्छ, जिंकले सेक्स हार्मोन बढाउँछ र भिटामिन ईले मुटुलाई स्वस्थ राख्छ । मेमोरी बढाउनुका साथै दैनिक बदामको सेवनले यौन जीवनलाई स्वस्थ पनि बनाउँछ।
३. खरबुजा
खरबुजामा प्रशस्त मात्रामा फाइटोन्यूट्रिएन्टमा हुन्छ। जसले यौन उत्तेजना बढाउँछ । यसमा रहेको लाइकोपिन र बीटा क्यारोटीनले सेक्स ड्राइभलाई बढाउन मद्दत गर्दछ।