एजेन्सी । एक अध्ययनका अनुसार स्वस्थ्य यौनक्रियामा संलग्न हुने महिलामा महिनावारी छिटो सुक्ने सम्भावना कम भएको बताइएको छ ।
सातामा १ पटक यौनक्रियामा संलग्न रहने महिलामा महिनावारी सुक्ने संभावना एक महिनामा १ पटक यौनक्रिया गर्ने महिलाको दाँजोमा २८ प्रतिशत कम रहेको अनुसन्धानले जनाएको शनिबारको कान्तिपुर दैनिकमा समाचार छ ।
तीन हजार महिलामा गरिएको यो अध्ययन जर्नल रोयल सोसाइटी ओपेन साइन्समा प्रकाशित रहेको छ । अध्ययन अनुसार यौनको भौतिक संकेतले शरीरलाई संकेत दिन सक्छ कि गर्भवती हुने संभावना छ । अध्ययन अनुसार मध्य आयु अर्थात् ३५ वर्ष वा यो भन्दा बढी उमेरमा बारम्बार यौनक्रियामा संलग्न नहुने महिलामा छिटो महिनावारी सुक्ने संभावना देखिन्छ ।अध्ययनले के पनि देखाउँछ भने यदि कुनै महिलाले यौन सम्बन्ध बनाउँदैनन् र गर्भधारणको मौका छैन भने शरीरले अण्डा ९ओभम० को निर्माण बन्द गर्छ । किनभने यसको कुनै आवस्यकता हुँदैन ।
महिलामा हरेक महिना अण्डा निस्कने समय महिलाको प्रतिरक्षा क्षमता विग्रन्छ । यसले शरीरमा रोगको सम्भावना बढ्छ ।