काठमाडौं । नेपालले एक कर्मठ, सहासी शल्यचिकित्सक गुमाएको छ । पछिल्लो समय धादिङ अस्पतालमा लोकसेवा ९ औ तहमा कार्यरत ३४ वर्षीया सर्जन डा प्रतिभा धौभडेल काठमाडौंको छाउनीस्थित घरमा मृत भेटिएकी छिन्।
प्रहरीका अनुसार श्रीमान डा कविराज भण्डारीले बिहीबार बिहान मृत अवस्थामा फेला पारेका हुन्। प्रहरीले उक्त विषयमा थप अनुसन्धान गरीरहेको जनाएको छ।
डा। धौवडेलको बिरामी प्रतिको लगाव, माया र सम्मान सबै चिकित्सकहरुको लागि प्रेरणाको स्रोत बनेको छ। उनि धादिङ अस्पतालमा कार्यरत थिइन्। उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट सर्जरी विषयमा मास्टर अध्ययन गरेकी हुन्। उनले चितवनको कलेज अफ मेडिकल साइन्सेसबाट एमबीबीएस अध्ययन गरेकी थिइन्।