काठमाडौँ । के तपाईँलाई थाहा छ सुप र जिरा पानी पिउनलाई त मिठो हुन्छ नै यसले हाम्रो शरीरलाई धेरै खालका फाइदा पनि दिन्छ । यसले पेटलाई स्वस्थ राख्नेदेखि तौल घटाउने र शरीरलाई विषाक्त पदार्थबाट मुक्त गर्ने अनि एसिडिटी कम गर्नेसम्म कयौँ खालका समस्याहरूबाट तपाईँलाई छुटकारा पाउन मद्दत गर्न सक्छ ।
के हुन्छ बिहान खाली पेटमा सुप र जिरा पानी पिउँदा :
पेटको लागि राम्रो:
सुप र जिरा दुवैमा पाइने तत्त्वहरूले पेटलाई स्वस्थ बनाइ राख्न मद्दत गर्दछ । यो पानीको नियमित सेवन पेटको ग्यास, अपच र पेट फुल्ने समस्याबाट पीडितहरूका लागि लाभदायक साबित हुन सक्छ ।
तौल घटाउछः
तपाईँ तौल घटाउन खोज्दै हुनुहुन्छ भने सुप र जिरा पानी वरदान हो । यसको नियमित सेवनले मेटाबोलिज्म सुधार गर्न सघाउँछ । यसले शरीरको अतिरिक्त बोसो सजिलै जलाउन मद्दत गर्दछ ।
रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
यो पेय पदार्थ बारम्बार बिरामी हुनेहरूका लागि लाभदायक हुन सक्छ । सुप र जिरामा पाइने तत्त्वहरूले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्न सक्छ । खाली पेटमा यो पानी पिउनाले शरीरलाई रोगहरूबाट टाढा राख्न मद्दत गर्न सक्छ ।
रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ:
सन्तुलित आहार र स्वस्थ जीवनशैलीको साथमा सुप र जिरा पानीको सेवन गर्दा रगतमा चिनीको मात्रा नियन्त्रणमा सहयोग मिल्न सक्छ । तर, यसलाई नियमित रूपमा सेवन गर्नु अघि मधुमेह भएका व्यक्तिहरूले भने डाक्टरसँग परामर्श गर्नुपर्छ ।
यसरी बनाउनुस् सुप र जिरा पानी ?
- एक गिलास पानीमा १ चम्चा जिरा र १ चम्चा सुप हाल्नुहोस् ।
- यो पानीलाई ५ देखि १० मिनेटसम्म उमाल्नुहोस् ।
- पानी थोरै चिसो भएपछि छानेर पिउनुहोस् ।
- उमाल्न अल्छी लाग्छ भने अघिल्लो रात सुत्नु अघि नै पानीमा सुप र जिरालाई भिजाएर राख्नुहोस् अनि बिहान छानेर पिउनुहोस् ।