काठमाडौँ। स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा वरिष्ठ बालरोग विशेषज्ञ डा. कृष्णप्रसाद पौडेल नियुक्त भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले गत शुक्रबार गरेको मन्त्रीस्तरीय निर्णयअनुसार डा. पौडेललाई विभागको जिम्मेवारी दिइएको हो।
डा. पौडेल यसअघि सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत थिए। उनले मंगलबारदेखि विभागको नयाँ जिम्मेवारी सम्हाल्ने तयारी गरेका छन्।
यसअघि निमित्त महानिर्देशकको जिम्मेवारीमा रहेका डा. अनुज भट्टचन अब विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकको जिम्मेवारीमा फर्किएका छन्। स्वास्थ्य सेवा विभागको महानिर्देशक पद १२औँ तहको हो।