गर्मी मौसम सुरु संगै ठेउलाको संक्रमण बढी देखिएको छ । यस रोगबाट किशोर उमेर समूह तथा बालबालिका बढी प्रभावित भएका छन । तर वयस्क, बृद्धबृद्धालाई समेत यसले छाड्दैन । ठेउला भेरीसेला जोस्टर नामको भाइरसको संक्रमणले हुन्छ । यो भइरस गर्मी याममा बढी सक्रिय हुन्छ र बढी आक्रमण गर्छ । ठेउलाले संक्रमण गर्दा टाउको तथा जीउ दुख्ने, ज्वरो आउने, खानामा अरुची हुने, घाँटी सुख्खा हुने, खोकी लाग्ने र कमजोरी महसुश हुने हुन्छ । यसरी रोगले संक्रमण गरेको २४ घण्टा नबित्दै पेट, ढाड, पिठ्यु, अनुहार जस्ता भागमा स–सानो रातो दाना देखापर्छ । अनुहार तथा छाला खस्रो हुन्छ र क्रमस पानी फोका बन्छ । क्रमस टाउको, अनुहार कानको भाग, घाँटी हुँदै पुरै शरीरमा फैलन्छ ।
१. सावधानी अपनाऔ : ठेउलाको संभावित खतराबाट बालबालिका, गर्भवती, बृद्धबृद्धा बढी सर्तक रहनुपर्छ । कमजोर प्रतिरक्षा प्रणाली भएको व्यक्तिहरुमा छिटो फैलिन्छ ।
२. विरामीको हेरचाहमा सवधानी अपनाउने : ठेउलाको संक्रमणबाट बच्ने तर ठेउलाले संक्रमण गरिहाले बिरामीलाई अलग्गै कोठामा राखेर हेरचाह गर्नुपर्छ। हावा खेल्ने खुला कोठामा राख्ने नगुम्साउने जथाभावी औषधीको प्रयोग नगर्ने दिनहुँ कपडा फेरिदिने , पोषिलो र सन्तुलित खानेकुरा खान दिनुपर्छ
३. खानपानमा तथा थप जटिलतामा ध्यान दिने : भिटामिन सि, मिनरल्स र अन्य पोषक तत्व प्राप्त हुने ताजा फलफूल, सागसब्जी, दुध, दही खाने गर्नुपर्दछ । पर्याप्त मात्रामा पानी पिउने यदि अन्य समस्या देखिएमा नजिकैको अस्पतालमा गएर चिकित्सकलाई देखाउनुपर्दछ ।
प्रकाशित मिति: सोमबार, असार ३०, २०८२ ११:५८