नवलपुर । पछिल्लो दुई महिनामा नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०मा जापानिज इन्सेफलाइटिसका कारण चार जनाको मृत्यु भएको छ।
प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका अनुसार साउन २० देखि असोजसम्म १४ जना संक्रमितमध्ये ४ जनाले ज्यान गुमाएका हुन्। मृतकमध्ये १३ वर्षीया बालिका, ४५ वर्षीया महिला र ५२ तथा ६७ वर्षीय पुरुष रहेका छन्।
उपचारका लागि भरतपुर लाँदै गर्दा उनीहरूको ढाडको पानी परीक्षणका लागि टेकु पठाइएकोमा इन्सेफलाइटिस पुष्टि भएको हो।
प्राविधिक निरीक्षक डिल्लीराम तिवारीका अनुसार यो रोगले मस्तिष्कमा सीधा असर गर्ने भएकाले गम्भीर अवस्था आउन सक्छ। हालसम्म कावासोतीमा सबैभन्दा बढी संक्रमित भेटिएका छन्।
रोग नियन्त्रणका लागि लामखुट्टे नियन्त्रण, झुलको प्रयोग, सुँगुर–कुखुरा जस्ता जनावरका खोर बस्तीबाट टाढा राख्नेलगायत उपायमा स्थानीय निकायले सचेतना फैलाइरहेका छन्।
जनस्वास्थ्य कार्यालयका अनुसार यो रोग सर्ने मुख्य स्रोत क्युलेक्स प्रजातिको लामखुट्टे हो, जो संक्रमित जनावरबाट मानिसमा रोग सार्दछ।