काठमाडौँ । डेन्टल र सर्जिकल सामग्रीको विश्वसनीय नाम बनिसकेका संजीव बरालले त्रिपुरेश्वरमा ‘मेडिकल बजार नेपाल’को फिजिकल स्टोर औपचारिक रूपमा उद्घाटन गरेका छन्। स्टोरको रिबन काटेर उद्घाटन एनडिडीएका अध्यक्ष सुनिल बाराइली गरेका थिए ।
डेन्टल सर्जिकल क्षेत्रमा १२ वर्षभन्दा बढी समयदेखि सक्रिय बरालले करिब ६ वर्षअघि ‘इ-कमर्स’मार्फत डेन्टल सामग्रीको अनलाइन बिक्री सुरु गरेका थिए। सुरुवातमा होम डेलिभरी सेवाबाट थालनी गरेका उनले आज आफ्नै ब्रान्ड अन्तर्गतको स्टोर सञ्चालनमा ल्याएका हुन्।

उक्त स्टोरमा डेन्टल क्लिनिक खोल्न चाहनेहरूका लागि आवश्यक सम्पूर्ण सामग्री पाइनेछ। उपकरणदेखि सजावटसम्म, क्लिनिक सेटअपको सम्पूर्ण सेवा ‘वन-स्टप सोलुसन’को रूपमा उपलब्ध गराउने बरालले बताएका छन्।
‘अब डेन्टल र सर्जिकल सामानको लागि धेरै दौडधुप गर्नु पर्दैन, त्रिपुरेश्वरमै सम्पूर्ण समाधान पाइन्छ,’ बरालको भनाइ छ।
उक्त स्टोरले सर्जिकल उपकरण, डेन्टल चियर, इन्स्ट्रुमेन्ट सेट, डिस्पोजेबल सामग्री लगायतका दर्जनौँ श्रेणीका सामानहरू स्टकमा राखेको छ।

डाक्टरहरू, हेल्थ क्लिनिक सञ्चालकहरू र व्यवसायिक क्षेत्रका लागि यो स्टोर एक महत्वपूर्ण गन्तव्य बन्ने विश्वास गरिएको छ। अनलाइन (https://www.medicalbazzarnepal.com) र फिजिकल दुवै मोडेलमा सेवा दिइरहेको 'मेडिकल बजार' अब चिकित्सा सामग्रीको क्षेत्रमा अझ व्यवस्थित र भरपर्दो बनाउने दाबी गरिएको छ।
