काठमाडौँ । विश्वभर तौल घटाउन र मधुमेह नियन्त्रणका लागि निकै चर्चामा रहेका ओजेम्पिक ९इशझउष्अ० र वेगोभी ९ध्भनयखथ० जस्ता औषधिहरूले अब क्यान्सरका बिरामीहरूका लागि पनि नयाँ आशा जगाएका छन्। हालै गरिएका केही अनुसन्धानहरूले यी औषधिले क्यान्सरको जोखिम घटाउन र बिरामीको स्वास्थ्यमा सुधार ल्याउन सक्ने सङ्केत देखाएका हुन्।
वैज्ञानिकहरूका अनुसार यी औषधिलाई चिकित्सकीय भाषामा ुजीएलपी–१ रिसेप्टर एगोनिस्टु भनिन्छ। यी औषधिले केवल मोटोपना र मधुमेह मात्र नभई क्यान्सरसँग लडिरहेका बिरामीहरूमा पनि सकारात्मक नतिजा देखाएका छन्।
कसरी गर्छ यसले काम ?
विशेषज्ञहरूका अनुसार मोटोपनाले स्तन, कोलोरेक्टल र प्यान्क्रियाटिक जस्ता क्यान्सरको जोखिम बढाउँछ। यी औषधिले शरीरको तौल र बोसो घटाउँदा शरीरभित्रको इन्फ्लामेशनु (सुन्निएको) कम हुन्छ। शरीरमा सुन्निएको कम हुँदा क्यान्सरका कोषिकालाई फैलिन कठिन हुन्छ।
साथै, यसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने हुँदा क्यान्सर कोषिकाले ऊर्जाका लागि प्रयोग गर्ने ग्लुकोजको मात्रा पनि कम हुन पुग्छ। यसले बिरामीको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन र समग्र स्वास्थ्य सुधार्न मद्दत पुर्याउँछ।
उपचारको सहयोगी मात्र
यद्यपि, चिकित्सकहरूले यी औषधिलाई क्यान्सरको मुख्य उपचार भने मानेका छैनन्। क्यान्सर निको पार्न किमोथेरापी, रेडिएसन वा शल्यक्रिया नै आवश्यक पर्नेछ, तर यी औषधिले उपचारको प्रभावकारिता बढाउन सहयोगी भूमिका खेल्ने अपेक्षा गरिएको छ।
यसअघि यी औषधिहरू हृदयाघात र स्ट्रोकको जोखिम कम गर्न पनि सफल देखिएका थिए। तर डाक्टरहरूले यस्ता औषधिहरू विशेषज्ञको सल्लाह र निगरानीबिना प्रयोग नगर्न कडा चेतावनी दिएका छन्।एजेन्सी