आमा बनेपछि महिलाहरु शरीरको आकार बिकृत हुने डरले बच्चालाई बाहिरको दूध दिने गर्छन् । तर यो हानिकारक हुने एउटा शोधले बताएको छ । शोधको अनुसार त्यस्तो दूधमा चिल्लो पदार्थ अत्याधिक मात्रामा पाइन्छ जसले बच्चामा मोटोपना ल्याउँछ ।
फिलाडेल्फियास्थित टेंपल विश्वविद्यालयका शोधकर्ताहरुद्वारा गरिएको यो अनुसन्धानमा बोतलका दूध पिउने बालबालिकाहरु मोटोपनाको शिकार हुने पाइएको छ ।
शोधको अनुसार जो बच्चा रातमा बोतलको दूध पिएर सुत्ने गर्छ, उसको शरीरले धेरै केलोरी खपत गर्छ । यसमा महत्वपूर्ण कुरा के छ भने यस्ता बच्चाहरुमा पाँच वर्षको भएसम्म अधिक तौल हुने ३० प्रतिशतभन्दा धेरै सम्भावना हुन्छ ।
शोधमा जुन बच्चाहरुलाई संलग्न गराइएको थियो ती बच्चाहरुमा २२ प्रतिशतको बोतलको दूध पिउने र दूध पिउँदै सुत्ने बानी थियो । तीमध्ये २३ प्रतिशत बालबालिका पाँच वर्षको आयुसम्म पुग्दा अत्याधीक मोटोपनाबाट ग्रसित थिए ।