काठमाडौं - ६ महिनादेखि ५ बर्षसम्मको बालबालिकालाई अचानक ज्वरो आउँदा छारे रोगको जस्तो लक्षण देखिने समस्यालाई फेब्रिल दौरा (febrile seizures) भनिन्छ ।
फेब्रिल दौरा भएमा बालबालिका बेहोस हुने, हात खुटुटा दह्रो पार्ने, काम्ने, अनुहार निलो हुने, आँखा निलो पल्टाउने, मुखबाट फिज निकाल्ने हुनसक्छ ।
कारण
फेब्रिल दौरा यहि कारणले हुन्छ भन्ने यकिन गर्न गाह्रो छ । तर बंशानुगत कारणले हुनसक्छ । रक्तअल्पता भएका बालबालिकालाई यो समस्या हुने सम्भाबना अधिक हुन्छ ।
फेब्रिल दौरा भएमा कुनै केशमा बाहेक बालबालिकाको सिटि स्क्यान, ढाडबाट पानि निकाल्ने गर्नुहुदैँन ।
पाँच बर्ष पुरा भएपछि सबैजसो बालबालिकालाई यो समस्या ठिक हुन्छ । पछि गएर छारे रोग भएर खानुपर्ने हुदैन । साथै यसले बालबालिकाको दिमाग र मानसिक विकासमा कुनै असर गर्दैन ।