शिशु अवस्थामा रोग प्रतिरोधात्मक क्षमता राम्रोसंग बिकास भएको हुदैन । त्यसैले यस समयमा शिशुलाई भाइरस र ब्याक्टेरियाहरुले सजिलैसँग संक्रमण गर्ने गर्छ । शिशु अवस्थामा सबैभन्दा बढी देखिने समस्या भनेको निमोनिया हो । यदि बच्चाले एक मिनेटमा ६० पटक भन्दा बढी स्वास फेरिरहेको छ भने सम्जनुहोस उसलाई निमोनिया हुनसकेको हुन्छ । यस्तो अवस्थामा तुरुन्तै जाँच गराउन लैजानु पर्छ । निमोनियाको काराण बच्चाको ज्यान पनि जाने गरेको पाइन्छ । यदि सुरुवाती अवस्थामा नै यसको लक्षण पहिचान गर्न सकियो भने उपचार गराउँदा कुनै पनि प्रकारको समस्या भोग्नु पर्दैन ।
यसका लक्षणहरु यस प्रकार छन् :
—नवजात शिशुको नाकको चुच्चो भाग, ओठ वा हात र खुट्टा निलो देखिन थाल्छ ।
—शिशुले दुध खान छोड्छ ।
—शिशु अचानक सुस्त हुन थाल्छ ।
—शिशुको दिसा, पिसाब वा नाकबाट रगत आउछ ।
—धेरै ज्वरो हुनु र शरीरको तापक्रम कम नहुनु ।
—शरीर चिसो हुने वा शिशुलाई झट्का आइरहनु ।
—पेट फुल्नु र बान्ता गरिरहनु ।
—पैताला, हात पहेँलो हुने ।