काठमाडौं - हरियो सागपातहरुमा रगत बढाउने आइरन, कब्जियतबाट बचाउँने फाइबर, म्याग्नेसियम, भिटामिन ए, सि, के र बुढेसकाल विरोधी, क्यासर बिरोधी तत्व हुन्छ । त्यसैले हरियो सागपात खानु स्वास्थ्यका लागी राम्रो मानिन्छ ।
हरियो सागपातमा प्रचुर मात्रामा फाइबर पाइन्छ । यो हरेक उमेर समुहका व्यक्तिका लागी आवश्यक तरकारी हो । हरेक दिन खानामा कुनै एक प्रकारको साग समाबेश गर्नु जरुरी हुने बिज्ञहरु बताउँछन् । ६ महिना नाघेको बालबालिकालाई पनि परिवारका लागि बनाइएको खाना अलि गिलो बनाएर खुवाउन मिल्ने बिज्ञको सुझाब छ । त्यसैले बालबालिकालाई पनि साग खुवाउन सकिन्छ । बालबालिकालाई उपयुक्त केहि सागहरु यस प्रकार रहेका छन् ।
खोले साग
चुकन्दरको साग
पालंगोको साग
रायोको साग
बन्दा
बालबालिकाको लागी यि पाँच किसिमका साग बढि स्वस्थ्यकर हुन्छ । त्यसैले यस्ता हरियो सागपात नियमित रुपमा बालबालिबालाई खुवाउन सकिन्छ ।