बच्चाको हाइट नबढेर चिन्तामा हुनुन्छ, यदि त्यस्तो हो भने गर्नुहोस् यहा भनिएका सम्पूर्ण कुराहरु :
१। बढ्दै गरेका बालबालिकाको लागि निन्द्रा एक्दमै आवश्यक छ। उनिहरुलाई कम्तिमा पनि १०-१२ घण्टा सुत्न आवश्यक छ। सुत्द ग्रोथ हर्मोने उत्पादन हुने हुनाले यस्ले बालबालिकलाई बढ्न मद्त गर्छ।
२। बच्चाको खानामा प्रोटिन, आइरन, भिटामिन र क्याल्सियम तत्वले भरपूर चिज सामेल गर्नुस् ।
३। खेलकूदले बच्चाको हाइट बढ्नमा एक्दमै सहयोग पुर्याउछ। तेसैले आफ्नो बालबालिकालाई घर बाहिर खेल्न प्रोत्साहन गर्नुहोस्।
४। बालबालिकालाई दैनिक योगा गर्ने बानी बसाउनुस् । हाइट बढाउनका लागि दिनहुँ सूर्य नमस्कार योगा गर्नु राम्रो हुन्छ ।
५। बालबालिकालाई चिया, कफि दिनेकाम नगरनुस। यी चिजमा क्याफिन हुन्छन्, जसले उनीहरुको वृद्धिमा असर पर्छ ।
५। बच्चाको तौल र हाइटबारे जानकारी लिइराख्नुस् । यदि बच्चाको विकासमा कुनै समस्या छ भने सुरुमै थाहा पाउँदा नियन्त्रण गर्न सजिलो हुन्छ।