काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३६७ जना कोभिड–१९ संक्रमित थपिएका छन् । काठमाडौंमा २५६, भक्तपुरमा ३५ र ललितपुरमा ७३ जना संक्रमित थपिएका हुन् ।
गत २४ घण्टामा देशभर १४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप १५५० जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ ।