काठमाडौं उपत्यकामा थप ३९४ कोरोना संक्रमित थपिएका छन्।
काठमाडौंका २८५ , ललितपुरका ६६ र भक्तपुरमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा नेपालमा एक हजार २८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ।