भारतमा पछिल्लो २४ घन्टामा थप १८ हजार ८७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ३ करोड ३७ लाख १६ हजार ४५१ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यही अवधिमा २८ हजार १७८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म भारतमा तीन करोड २९ लाख ८६ हजार १८० जना संक्रमणमुक्त भइसकेको बताइएको छ ।
यसै गरी पछिल्लो २४ घन्टामा थप ३७८ संक्रमितले ज्यान गुमाएका छन् । भारतमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४ लाख ४७ हजार ७५१ पुगेको छ ।
एजेन्सी