काठमाडौं ।नेपालमा थप एक हजार १५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १५७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पीसीआर विधिबाट १० हजार ६५२ र एन्टिजेन विधिबाट ३ हजार ८८९ जनामा परिक्षण गर्दा १ हजार १५७ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ९४ हजार १६३ र एन्टिजेनबाट ९१ हजार ३७३ जना पुगेको छ ।
यस्तै, आज थप १११३ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ६४ हजार ८४७ जना पुगेको छ । निको हुने दर ९६.३ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार १२३ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १९३ रहेको छ ।