काठमाडौं उपत्यकामा थप तीन सय ३५ जना संक्रमित थपिएका छन्। काठमाडौंमा दुई सय ६५ जना, भक्तपुरमा २८ जना र ललितपुरमा ४२ संक्रमित थपिएका हुन्।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १५७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
यस्तै, आज थप १११३ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार १२३ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १९३ रहेको छ ।
देशभर कुन प्रदेशमा कति ?