काठमाडौं, । काठमाडौं उपत्यकामा ७३ प्रतिशतले कोरोनाविरुद्वको पूर्ण मात्रा खोप लगाएका छन् । पूर्ण मात्रा खोप लगाउनेहरुको संख्या १५ लाख ६३ हजार सात सय ३४ रहेको छ । पहिलाे मात्रा खोप लगाउने ७६ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाताएको छ ।
काठमाडौं जिल्लामा मात्रै लक्षित जनसङ्ख्या मध्य ७४ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् भने ललितपुरमा लक्षित जनसङ्ख्या मध्य पूर्ण मात्रा खोप लगाउनेको जनसङ्ख्या ६९ प्रतिशत रहेको छ भने पहिलो मात्रा खोप लगाउनेको जनसङ्ख्या ७६ प्रतिशत रहेको छ ।
त्यस्तै भक्तपुरमा लक्षित जनसङ्ख्या मध्य पूर्ण मात्रामा खोप लगाउने ७५ प्रतिशत छन् भने पहिलो मात्रा खोप लगाउने ६३ प्रतिशत छन् ।
सरकारले असोज मसान्तभित्र ३३ प्रतिशत, पुस मसान्तसम्म दुई तिहाई र चैत्र मसान्तभित्र सबै लक्षित जनसङख्यालाई खोप लगाउने जनाएको छ ।