पछिल्लो २४ घण्टामा नेपालमा ८६७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ५९८ र एन्टिजेन विधिबाट २ हजार ६२१ जनामा परिक्षण गर्दा ८६७ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ९६ हजार ६१८ र एन्टिजेनबाट ९१ हजार ९२९ जना पुगेको छ ।
यस्तै, आज थप ११२३ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ६७ हजार ८१९ जना पुगेको छ । निको हुने दर ९६.४ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार १५७ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६४२ रहेको छ ।