काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६७९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ७० र एन्टिजेन विधिबाट ३ हजार ८५० जनामा परिक्षण गर्दा ६७९ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ९७ हजार १९२ र एन्टिजेनबाट ९२ हजार ३४ जना पुगेको छ ।
यस्तै, आज थप १४०७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ६९ हजार २२४ जना पुगेको छ । निको हुने दर ९६.५ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार १६४ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ८०४ रहेको छ ।