पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २५५ जना संक्रमित फेला परेका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा २२२, ललितपुरमा २० र भक्तपुरमा १३ जना थप संक्रमित फेला परेका हुन्।
पछिल्लो २४ घण्टामा नेपालमा ६७९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
आज थप १४०७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार १६४ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ८०४ रहेको छ ।
देशभर कुन प्रदेशमा कति ?