काठमाडौं, : पछिल्लो समय उपत्यकामा सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । काठमाडौं महानगरपालिको विवरण अनुसार आइतबारसम्म महानगरभित्र १७ सय तीन सक्रिय कोरोना सङक्रमित छन् ।
काठमाडौं महानगरपालिकाले असोज १७ गते सार्वजनिक गरेको प्रारम्भिक विवरणमा काठमाडौं महानगरका ३२ वटा वडामा हालसम्म १७ सय तीन जना सक्रिय सङ्क्रमित छन् । जसमध्ये होम आइसोलेनमा १६ सय ३३, अस्पतालमा ४० र संस्थागत आइसोलेनमा ३० जना छन् । हालसम्म काठमाडौं जिल्लामा ५४० जनाले कोरोनानै कारण ज्यान गुमाइसकेका छन् । साथै ७९ हजार ८०१ जना निको भएर घर फर्किसकेको काठमाडौं महानगरले जनाएको छ ।
देशभर हालसम्म १६ हजार ६०६ जना कोभिड–१९ का सक्रिय सङ्क्रमित छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बाग्मती प्रदेशमा सबैभन्दा बढी संक्रमित रहेका पाईएको छ भने सूद्रपश्चिममा सबैभन्दा कम सङ्क्रमित रहेको पाएको छ ।
बाग्मती प्रदेशमा पाँच हजार ९१७ संक्रमित छन् भने सूदुरपश्चिम प्रदेशमा ७११ जना संक्रमित छन्।
प्रदेश अनुसार संक्रमितको सङ्ख्या
- प्रदेश १ मा दुई हजार ७८८ सङ्क्रमित छन् ।
- प्रदेश २ मा एक हजार २३० जना सङ्क्रमित छन् ।
- बाग्मती प्रदेशमा पाँच हजार ९१७ सङ्क्रमित छन् ।
- गण्डकी प्रदेशमा दुई हजार ९२८ सङ्क्रमित छन् ।
- लुम्बिनी प्रदेशमा दुई हजार २०४ सङ्क्रमित छन् ।
- कर्णाली प्रदेशमा ७४८ सङ्क्रमित छन् ।
- सूदुरपश्चिम प्रदेशमा ७११ जना सक्रिय सङ्क्रमित छन् ।