काठमाडौं उपत्यकामा थप तीन सय २२ जना संक्रमित थपिएका छन्। काठमाडौंमा दुई सय २९ जना, भक्तपुरमा २५ जना र ललितपुरमा ६८ संक्रमित थपिएका हुन्।
स्वास्थ्य मन्त्रालयका अनुसारका सबैभन्दा धेरै काठमाडौंमा २२९, मोरङमा ७२, ललितपुरमा ६८, रुपन्देहीमा ६७, सुनसरीमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै कास्कीमा ३२, भक्तपुरमा २५, काभ्रेपलाञ्चोकमा २०, झापामा १५, बाँकेमा १३ र बर्दियामा १० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ७६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ भने १ हजार ३३ जना निको भएका छन् ।
देशभर कुन प्रदेशमा कति ?