काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६६३ एन्टिजेन विधिबाट १२२ जनामा संक्रमण देखिएको हो ।
यस्तै, आज थप ८८८ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ ।